नर्भिक अस्पतालमा फ्रि न्युरो क्याम्प हुने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नर्भिक अस्पतालमा फ्रि न्युरो क्याम्प हुने


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टिमले थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको छ ।

नर्भिकमा पनि कार्यरत डा. झा नेतृत्वको टिमले आगामी शनिवार(जेठ २७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी(न्युरो क्याम्प) सञ्चालन गर्ने भएको हो।

नेपालीहरूमा पछिल्लो समय ब्रेन ट्युमरको समस्या बढ्दो छ । यसैलाई मध्यनजर गरी वल्र्ड ट्युमर डे’को अवसर पारी डा. झाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन् ।

उनले सो क्रममा ब्रेन ट्युमरका केशहरूमा फोकस रहेर बिरामीहरूको चेकजाँच गर्ने नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ ।

नर्भिक इन्टरनेशनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरूको सहभागितामा निःशुल्क ओपिडी सञ्चालन गर्दै आइरहेको छ । यो क्रममा सर्वसाधारणहरूको सहभागिता समेत उल्लेख्य हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस