सदनमा हुने बहस अत्यन्त महत्त्वपूर्ण बनोस् : रवि लामिछाने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सदनमा हुने बहस अत्यन्त महत्त्वपूर्ण बनोस् : रवि लामिछाने


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदन कुनै हेडलाइनमा उचालिने ठाउँ नभएको बताएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बजेटमाथिको आफ्ना धारणा राख्दै उनले बहस अत्यन्त महत्त्वपूर्ण बन्नुपर्ने बताएका हुन्।

उनले भने, ‘यो सदनमा हुने बहस अत्यन्त महत्त्वपूर्ण बनोस्, यहाँ हुने सरसल्लाह महत्त्वपूर्ण बनुन् भन्ने ध्यानाकर्षण गराउन चाहन्छु। सञ्चारमाध्यममा आएका विषयलाई नै लिएर कहिलेकाहीँ सदन अवरुद्ध पनि गर्दा रहेर्छौं। होहल्ला गर्दा रहेछौँ, त्यसको तथ्य जाँच गर्नु पनि महत्त्वपूर्ण हुने रहेछ। त्यसैले मैले निर्ममतापूर्वक आफैँलाई पनि भनेको हुँ । त्यो सत्य हो, बोल्न धेरै किन डराउनुहुन्छ भने ती सञ्चारमाध्यमहरूले गलत लेख्दिँदा आफ्नो छवि बिग्रन्छ भन्ने डरले कैयन् माननीयहरूले बोल्नुहुन्न। तर, त्यसो भन्न मिल्दैन। त्यसैमा आएको समाचारले संसदमा हङ्गामा मच्चाइरहँदा समाचारलाई प्रभावित पार्न खोज्ने कुनै व्यापारीले कति रमाइलो मान्दो हो। यो सदन कुनै हेडलाइनमा उचालिने ठाउँ होइन। त्यसको वास्तविकता जाँच गर्नुपर्छ । नजिकैको कान्ति बाल अस्पताल जाऊँ, ५ वर्षपछि त्यो अस्पताल कस्तो बनाउँछौं ? स्क्रिन रेकर्ड राखौँ, हामीले गरेको नीतिले पाँच वर्षअगाडि र पाँच वर्ष पछाडि के फरक पर्‍यो भन्ने कुरा जाचौं। पाँच वर्षपछि आउने सदनलाई त्यो हस्तान्तरण गरौँ, यदि यसो गर्न सक्दैनौँ र राँगा–भैँसीका भरमा बहस गर्दै जाने हो भने नेपाली जनतामा निराशा छाउँछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस