प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढे : सञ्चार मन्त्री शर्मा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढे : सञ्चार मन्त्री शर्मा


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताएकी छिन्।

बिहीबार ललितपुरमा आयोजित नेपाल मोबाइल व्यवसायी महासङ्घको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले प्राविधिक शिक्षाको कमी हुँदा कतिपय युवाहरू बर्बादीको सिकार भइरहेको बताएकी हुन् ।

उनले साइबर शिक्षा र डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा समस्या बढिरहेको बताइन्। सामाजिक सञ्जालको दुरुपयोगका कारण आत्महत्या गर्नुपर्ने स्थिति समेत हुने गरेको भन्दै यसलाई समयमा नै नियन्त्रण र यससम्बन्धी शिक्षा दिन आवश्यक रहेको उनले उल्लेख गरिन्।

उनले सूचना र प्रविधिमा हुने विकृतिका कारण युवापुस्ताहरू भड्किरहेको बताइन्। उनले नेपालमा साइबर सुरक्षा नीति नभएकाले वर्तमान सरकारले त्यससम्बन्धी काम गरिरहेको बताइन्। उनले डिजिटल शिक्षालाई जनस्तरमा पुर्‍याउन सके सूचना र प्रविधिसम्बन्धीका धेरै समस्या समाधान हुने स्पष्ट पारिन्।

मन्त्री शर्माले मोबाइलको विकाससँगै प्राविधिक शिक्षालाई पनि जनस्तरमा पुर्‍याउन जरुरी रहेको बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस