म नागरिकता विधेयकको विपक्षमा छैन : रवि लामिछाने « प्रशासन
Logo १३ आश्विन २०८०, शनिबार
   

म नागरिकता विधेयकको विपक्षमा छैन : रवि लामिछाने


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई नेपाली नागरिकले नागरिकता नपाउनुको पीडा राम्रोसँग थाहा भएको बताएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले नेपाली नागरिकले नागरिकता नपाउनुको पीडा आफूलाई राम्रोसँग थाहा नभएको बताएका हुन्।

उनले नागरिकता विधेयक सदनमा ल्याएर छलफल गरिएको भए विभेदका बारेमा छलफल हुने बताउँदै आफ्नो पार्टी नागरिकता विधेयकको विपक्षमा नभएको स्पष्ट पार्दै विरोधमा रहेको भाष्य प्रमाणित गर्न लागि परेको भन्दै दुःख व्यक्त गरे।

संसद्मामा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम नभएको बताउँदै लामिछानेले आफ्नो पार्टीबाट भएको गल्तीमा आत्मालोचना पनि गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस