समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : सांसद गुरुङ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : सांसद गुरुङ


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवादको यात्रा तय गर्नबाट चुकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग दलीय आधारमा भाग लिँदै उनले बजेट कर्मचारी र स्रोतसाधन सिंहदरबारमा नै थन्किने गरी आएको भन्दै यसले वित्तीय सङ्घीयताको मर्मलाई आत्मसाथ गर्न नसकेको बताए ।

कर प्रणालीमा प्रभावकारी सुधार नभएको भन्दै यसरी राष्ट्रिय पुँजीको विकास हुन नसक्ने उनको जिकिर थियो । मुलुकको लैङ्गिक, वर्गीय, जातीयलगायत विभेद अन्त्य गर्न बजेटले आवश्यक विषय समेटन नसकेको दाबी गर्दै पुँजीगत खर्च बढाउन नारा लेखेर मात्र नहुने र यसका लागि सार्वजनिक खरिद ऐन संशोधनको सांसद सुब्बाले सुझाव दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस