बागमती सफाइको नाममा २२ अर्ब बगेपछि बागमती बद्लिएन : सांसद डाँगी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बागमती सफाइको नाममा २२ अर्ब बगेपछि बागमती बद्लिएन : सांसद डाँगी


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले पशुपति क्षेत्रलगायत बागमती नदीको दुर्दशा बदल्ने भनेर २२ अर्ब पैसा बागमतीमा बगिसकेको बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले एकातिर नदी सफाइमा वर्षेनी २ अर्बभन्दा बढी खर्च भइरहेको तर खोलानाला जस्ताको त्यस्तै रहेको बताइन् ।

उनले भनिन ‘ बागमती र अन्य नदीको नाममा अझ कति वर्षसम्म राजनीति अनि पैसा बगाउने काम हुन्छ यो देशमा बागमतीलगायत अन्य नदी शहरको दुर्दशा मात्र होइन, काठमाडौं उपत्यकावासीको साझा अनुहार हो । अझ म त भन्छु, यसले नेपाली राजनीति कै अनुहार चित्रण गर्छ । जसलाई सङ्लो बनाउन निकै कठिन छ इमान्दारिता नभएर । पशुपति क्षेत्रलगायत बागमती नदीको दुर्दशा बदल्ने भनेर हालसम्म झन्डै २२ अर्ब पैसा बागमतीमा बगिसकेको छ। आश्चर्यको कुरा त, एकातिर नदी सफाइमा वर्षेनी २ अर्बभन्दा बढी खर्च गरिन्छ । तर खोलानाला जस्ताको तस्तै देख्छु म । ’

सांसद डाँगीले खानेपानी ऐनले मलमूत्र खोलामा मिसाए तीन महिनादेखि १ वर्षसम्म कैद र पाँच लाखसम्मको जरिवानाको व्यवस्था गरे पनि त्यो दण्ड जरिवानाको भागिदार को हो ? भन्दै सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस