विनोद चौधरीको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइयो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विनोद चौधरीको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइयो


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफलका क्रममा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले व्यक्त गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाउन निर्देश गरेका छन् ।

नेपालमा किसानले समयमै मल पाउन नसकेको भन्दै सांसद चौधरीले धान रोपाइँ गर्ने बेलामा सरकारले मल ल्याउने तत्परता देखाउने गरेको बताउन ‘जब पर्‍यो राति तब ‘ ‘भन्ने उखान सुनाएका थिए ।

उखानका नाममा यस्तो शब्द प्रयोग भएको र संसदीय रेकर्डबाट हटाउनुपर्न माग गर्दै महिला सांसदहरुले नियमापत्ति गरेपछि सभामुख घिमिरेले रेकर्डबाट हटाउन निर्देश गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस