‘कृषि अनुदानमा करोडौँ हिनामिना’ « प्रशासन
Logo १४ आश्विन २०८०, आइतबार
   

‘कृषि अनुदानमा करोडौँ हिनामिना’


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले कृषि अनुदानमा करोडौँ हिनामिना भएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले सबै प्रकारका कृषि अनुदान संसदमा पेस गर्न माग गरे । उनले भने, ‘कृषि अनुदान चाहे सरकारको होस् चाहे विदेशी दातृ निकायको होस् सम्पूर्ण अनुदान यो हाउसमा पेस होस् ।’

कृषि अनुदान पहुँचका आधारमा वितरण हुने गरेका कारण हिनामिना भएको उनको भनाइ छ । उनलेभने, ‘त्यो अनुदान (कृषि अनुदान) दुरुपयोग भइराखेको छ । प्रदेश सरकारका मन्त्री, नातागोता र हामी माननीयहरूबाट पनि त्यो अनुदान आफ्नो फर्मबाट करोडौँ हिनामिना भएको छ । त्यसको उचित जाँच होस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस