राष्ट्रिय महिला भेला गर्दै नेपाल निजामती कर्मचारी सङ्गठन « प्रशासन
Logo १२ आश्विन २०८०, शुक्रबार
   

राष्ट्रिय महिला भेला गर्दै नेपाल निजामती कर्मचारी सङ्गठन


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले राष्ट्रिय महिला भेला गर्ने भएको छ। नेपाल निजामती कर्मचारी सङ्गठनले जेठ २७ र २८ गते काठमाडौँमा राष्ट्रिय महिला भेलाको आयोजना गरेको हो।

नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रिय कार्यसमितिको आयोजना र केन्द्रिय महिला विभागको व्यवस्थापनमा ‘समता र सशक्तीकरण : सेवामा सबलीकरण’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय भेलाको आयोजना गरिएको हो।

सङ्गठनले भेलामा देशभरबाट करिव ५०० प्रतिनिधिहरूको उपस्थिति हुने बताएको छ । भेलाको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने बताइएको छ। त्यस्तै भेलामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका महिला सदस्यहरू समेतको उपस्थिति हुने सङ्गठनको भनाई छ ।

कार्यक्रममा सरकारी निकायका उच्च पदमा पुग्ने राजनैतिक नेतृत्वमा महिलाहरूको अवस्था, सार्वजनिक प्रशासनमा महिलाको उपस्थिति, समस्या, भावी लक्ष्यसहित विभिन्न पक्षहरूमा छलफल तथा बहस हुने जनाइएको छ। भेलामा श्रीलङ्का, बङ्गलादेश, भारत लगायतका देशबाट विदेशी पाउनेहरू पनि आउने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस