मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका फरवार्ड मेस्सीले मियामीसँग मौखिक सहमति गरेको बताइएको छ ।

मेस्सीले यस सिजनको अन्त्यसँगै पीएसजी छाडेका हुन् । अर्जेन्टिनाका कप्तान मेस्सीले २०२१ मा पीएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए ।

मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७४ खेलमा ३२ गोल गरेका थिए । विश्वकप विजेता मेस्सीले हालै बार्सिलोना र साउदी अरेबियाको अल हिलालको प्रस्ताव अस्वीकार गरेका थिए ।

३५ वर्षीय मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट २०२१ मा पिएसजी आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस