‘विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय’


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । सरकारले विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत् व्यापारसम्बन्धी विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको बताइन् ।

नेपाल र भारतका बीचमा सन २०१४ मै विद्युत् व्यापार सम्झौता भएको थियो ।

गत जेठ १७ देखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणका क्रममा नेपालको विद्युत् बङ्गलादेश लैजान दिने सम्बन्धमा भारतीय पक्षसँग नेपाली पक्षले प्रस्ताव राखेको थियो ।

यस प्रस्तावमा भारत सकारात्मक रहेको र छिट्टै त्रिदेशीय सम्झौता हुने प्रधानमन्त्री प्रचण्डले भारतीय समक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस