ए डिभिजन लिग : आज तीन खेल हुँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ए डिभिजन लिग : आज तीन खेल हुँदै


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछ।

दशरथ रङ्गशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

२४ खेलमा ३१ अङ्क जोडेर आठौं स्थानमा रहेको हिमालयन आठौँ जितको खोजीमा रहनेछ। २४ खेलमा ३९ अङ्क जोडेर दोस्रो स्थानमा रहेको मच्छिन्द्र ११ औँ जित निकाल्ने योजनामा छ।

यस्तै च्यासल मैदानमा दिउँसो ३ बजेदेखि हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) आमनेसामने हुनेछन्।

२४ खेलमा ३२ अङ्क जोडेर छैटौँ स्थानमा रहेको मनाङ आठौँ जितको योजनामा हुनेछ। २४ खेलमा ३० अङ्क जोडेर ११ औँ स्थानमा रहेको एनआरटी पनि आठौँ जितको खोजीमा हुनेछ।

रङ्गशालामा साँझ ६ बजे हुने खेलमा संकटा क्लब र फ्रेण्डस् क्लबबीच प्रतिस्पर्धा हुनेछ।

२४ खेलमा ३० अङ्क जोडेर दशौँ स्थानमा ​रहेको संकटा आठौँ जित निकाल्ने योजनामा छ। २४ खेलमा २६ अङ्क जोडेर पुछारमा रहेको फ्रेण्डस् सातौँ जितको खोजीमा हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस