जिसस प्रमुखसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जिसस प्रमुखसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


२३ जेष्ठ २०८०, मंगलबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समितिको कार्यालयका प्रमुखसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

जडिबुटीसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा ८० लाख ५२ हजार बिगो कायम गरी जिल्ला समन्वय समितिको कार्यालय सुनसरीका तत्कालीन प्रमुख गोपालराज भण्डारीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

जिसस प्रमुख भण्डारीसहित तत्कालीन जिल्ला समन्वय अधिकारी पुष्कर भट्टराई र ठेक्का लिने आरके कन्स्ट्रक्सन इटहरीका सञ्चालक रामप्रसाद श्रेष्ठ र सो कम्पनीका प्रतिनिधि कृष्णबहादुर कटुवालविरुद्ध मङ्गलवार विशेष अदालतमा मुद्दा दायर भएको हो।

आर्थिक वर्ष २०७५/७६ को ठेक्कामा अनियमितता भएको हो।  

Tags :
प्रतिक्रिया दिनुहोस