विद्यालय नर्सलाई विषय शिक्षकको रूपमा काम लगाउन नपाइने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विद्यालय नर्सलाई विषय शिक्षकको रूपमा काम लगाउन नपाइने


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । स्वास्थ्य मन्त्रालयले विद्यालयमा खटाइएका नर्सलाई विषय शिक्षकको रूपमा काम काज गराउने विद्यालय कारबाही गर्ने चेतावनी दिएको छ ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । विभिन्न स्थानीय तहमा कार्यरत विद्यालय नर्सलाई विषय शिक्षकको रूपमा कामकाज गर्न लगाउँदै आएको अनुगमन र निवेदन मार्फत जानकारी पाएको भन्दै कार्य रोक्न निर्देशन दिएको हो ।

‘सबै स्थानीय तहमा कार्यरत विद्यालय नर्सलाई सोही कार्यविधि अनुसार कार्य गर्न गराउन अनुरोध छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

एक विद्यालय एक नर्स कार्यक्रम २०७८ कार्यविधिको दफा ४० बमोजिम विद्यालय नर्सलाई शिक्षकको रूपमा काम लगाउन नहुने उल्लेख गरिएको छ ।

एक विद्यालय एक नर्स कार्यक्रम आ.व. २०७९/८० सम्ममा ११९ वटा स्थानीय तहका ५१९ वटा विद्यालयमा लागु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस