राष्ट्रिय सभा अध्यक्ष र सिटिबिटीयोका कार्यकारी सचिवबीच भेट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रिय सभा अध्यक्ष र सिटिबिटीयोका कार्यकारी सचिवबीच भेट


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आणविक प्रतिबन्ध सन्धि सङ्गठन (सिटिबिटीयो)का कार्यकारी सचिव रोर्बट फ्लोएडले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरवार स्थित संसद सचिवालयमा अध्यक्ष तिमिल्सिना र कार्यकारी सचिव फ्लोएडबीच शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त भेटमा नेपाल सबै किसिमका आम विनाशका हतियारहरूको निशस्त्रीकरणको पक्षधर भएको अध्यक्ष तिमिल्सनाले बताएका छन् ।

संसदको चालु अधिवेशनबाट बजेट पारित भइसकेपछि सरकारले सिटिबिटीयो सन्धि अनुमोदनका लागि संसदमा प्रस्तुत गरेमा संसद त्यो प्रक्रियामा प्रवेश गर्ने आश्वासन दिँदै सन्धिलाई हस्ताक्षर र अनुमोदन गर्ने राष्ट्रहरूको उल्लेख्य सङ्ख्याले नेपाल प्रोत्साहित भएको उनले बताए ।

यता सिटिबिटीयोका कार्यकारी सचिव फ्लोएडले पश्चिम अफ्रिका र दक्षिणपूर्वी एसियाका धेरै देशहरूले सन्धि अनुमोदन गरेको बताउँदै नेपालबाट पनि छिट्टै सन्धि अनुमोदन हुने विश्वास व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस