प्रधानमन्त्री प्रचण्ड आज खप्तड जाँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री प्रचण्ड आज खप्तड जाँदै


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँदैछन् ।

आजदेखि सुरु हुने ३ दिने खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आज खप्तड जान लागेका हुन् ।

योग गुरु रामदेव, पतञ्जली योग पीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत् गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ ।

डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ। २२ पाटन, २५ मैदान र ५२ वटा थुम्काले भरिपूर्ण एवं जैविक विविधताको फूलबारी खप्तडमा सयौँ प्रजाति चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरीका जडीबुटी पाइन्छन्।

Tags :
प्रतिक्रिया दिनुहोस