ए डिभिजन लिग : आज चार खेल हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ए डिभिजन लिग : आज चार खेल हुँदै


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछ ।

जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

च्यासल मैदानमा हुने पहिलो खेलमा खुमलटार र विभागीय टोली एपीएफ फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ ।

उता, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिचको खेल पनि ३ बजेबाट नै सुरु हुनेछ । जुन खेल एन्फा कम्प्लेक्स, सात दोबाटोमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज र थ्रि–स्टार क्लबबिच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ ।

रङ्गशालामा हुने दोस्रो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ । जुन खेलमा सातदोबाटो र जावालाखेल युथ क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस