प्रतिनिधि सभाको अर्को बैठक मङ्गलवार ११ बजे बस्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिनिधि सभाको अर्को बैठक मङ्गलवार ११ बजे बस्ने


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधि सभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। पूर्वसांसद टिवडेवालको धुम्बाराहीस्थित हेम्स अस्पतालमा उपचारको क्रममा गत वर्ष चैत २२ गते असामयिक निधन भएको थियो।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबाट विसं २०७० को संविधानसभामा समानुपातिक सदस्य निर्वाचित भएका थिए। पूर्वसांसद एवं राज्यमन्त्री पाण्डेको ७२ वर्षको उमेरमा गत मङ्गलवार असामयिक निधन भएको थियो। नेपाली काँग्रेसबाट विसं २०४८-५१ मा प्रतिनिधिसभा सदस्य, २०६४ सालको संविधानसभा निर्वाचन, २०७४ सालको प्रतिनिधिसभामा समानुपातिक सदस्यमा निर्वाचित भएका थिए। उनी पूर्वमहिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री पनि हुन्।

प्रतिनिधि सभाको अर्को बैठक जेठ २३ गते मङ्गलवार बिहान ११ बजे बस्नेछ। बैठकमा आव २०८०-०८१ को राजस्वको आयव्ययको वार्षिक अनुमान ९बजेट० माथिको छलफल आगामी बैठकमा जारी रहने सभामुख घिमिरेले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस