आज दक्षिण अफ्रिका जाँदै सन्दीप लामिछाने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

 आज दक्षिण अफ्रिका जाँदै सन्दीप लामिछाने


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज राति साढे २ बजे दक्षिण अफ्रिका उड्ने भएका छन् ।

सन्दीप कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौँमा परेको मुद्दाको पेसी भएका कारण उनी यसअघि टिमका अन्य सदस्यसँग दक्षिण अफ्रिका जान पाएका थिएनन् ।

तर जिल्ला अदालत काठमाडौँमा रहेको मुद्दाको पेसी सरेपछि सन्दीप दक्षिण अफ्रिका जान लागेको क्यानले जनाएको छ । 

जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारीमा रहेको नेपाली टिमले दक्षिण अफ्रिकामा चार वटा अभ्यास खेल खेल्नेछ ।

टिमका अन्य सबै सदस्य दक्षिण अफ्रिका पुगिसक्दा पनि राष्ट्रिय टिमका प्रशिक्षक मोन्टी देशाइको भने अझै भिसा नआएको क्यानको भनाई छ  । भारतमा रहेका देशाईको भिसा प्रक्रिया अघि बढेको र उनी भिसा आए लगत्तै दक्षिण अफ्रिका जाने क्यानले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस