अवरोध हटाउन प्रधानमन्त्रीले संसदमा प्रष्टीकरण दिने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अवरोध हटाउन प्रधानमन्त्रीले संसदमा प्रष्टीकरण दिने


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल सुरु गरेका छन् ।

बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका हुन् ।

आइतबार प्रतिनिधि सभा अवरोध भए लगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गर्दै सदनको अवरोध हटाउन सरकारकातर्फबाट पहल गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतीत भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ । समयमा नै संवादबाट निकास खोजौँ, अब सदन अवरोध भइरहन सक्दैन ।’

प्रधानमन्त्री प्रचण्डले भने सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै आजको संसदमा आफूले प्रष्टीकरण दिने बताएका छन् । प्रचण्डले भने, ‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारकातर्फबाट लचकता र पहल हुन्छ ।’

प्रतिनिधि सभा बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस