नक्कली शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस हुने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नक्कली शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस हुने


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि सुरु भएको थुनछेक बहस आज पनि हुने भएको हो ।

जसअनुसार आइतबार दुई जना सरकारी वकिलले मात्रै बहस गरेका थिए । सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधीवक्ता महेशप्रसाद घिमिरे र जनकप्रसाद घिमिरेले बहस गरेका हुन्।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे लगायत अठारै जनालाई अदालतमा उपस्थित गराएर सरकारी वकिलहरूले थुनछेक बहस सुरु गरेका थिए ।

सोमबार र मङ्गलवार पनि सरकारी वकिलले नै बहस गर्ने तयारी छ। त्यसपछि अर्को मङ्गलवार सम्म भने प्रतिवादीको तर्फबाट वकिलहरूले बहस गर्नेछन्। 

यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस