सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदै


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदैछन् ।

नाबालिक बलात्कार आरोपको मुद्दा खेपिरहेका लामिछानेको मुद्दाको सुनुवाइ नहुँदा विश्वकप छनौटका खेलहरू गुमाउन सक्ने आंकलनकाबीच उनी आज (सोमबार)दक्षिण अफ्रिका जाने क्यानले जनाएको छ।

यसअघि पटक पटक मुद्दाको पेशी तोकिए पनि सुनुवाइ नहुँदा उनी टोलीसँगै दक्षिण अफ्रिका जान सकेको थिएन। जिल्ला अदालत काठमाडौँले उनको मुद्दाको पेशी असार २९ गते सम्मका लागि सारेपछि क्यानले उनलाई भोलि नै दक्षिण अफ्रिका पठाउने गरी तयारी गरिरहेको क्यानको भनाई छ ।

लामिछानेका कानुन व्यवसायीले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनु पर्ने भन्दै भन्दै निवेदन दिएपछि अदालतले असार २९ को तारिख दिएको हो । जसकाकारण लामिछाने अब प्रतियोगिताभर तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनु पर्ने छैन ।

एक दिवसीय विश्वकप छनोटको अन्तिम तयारीका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामा छ।

Tags :
प्रतिक्रिया दिनुहोस