प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरमा बस्ने भएको छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यस्तै राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभामुखले दुई वटा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । हिजो प्रतिपक्ष तीन दलको अवरोधका कारण बैठक बस्न सकेको थिएन । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरेका थिए ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस