एमालेमा फर्किए एकीकृत समाजवादीका उपाध्यक्ष न्यौपाने « प्रशासन
Logo ११ आश्विन २०८०, बिहिबार
   

एमालेमा फर्किए एकीकृत समाजवादीका उपाध्यक्ष न्यौपाने


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने नेकपा एमालेमा फर्किएका छन्। 

पार्टी विभाजनपछि नेकपा एसको उपाध्यक्ष रहेका न्यौपानेलाई अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाललगायतका नेताहरूले आइतबार पार्टी कार्यालय च्यासलमा स्वागत गरेका हुन् । 

प्रवेश कार्यक्रममा नेकपा एसका अर्का उपाध्यक्ष केशवलाल श्रेष्ठ पनि सहभागी भएका थिए। श्रेष्ठले एमाले अध्यक्ष ओलीले नेकपा एससहितका सबै कम्युनिस्ट पार्टीहरूलाई मिलाएर बलियो कम्युनिस्ट पार्टी बनाउने अभियानको नेतृत्व लिनुपर्ने प्रस्ताव लिएर एमाले पार्टी कार्यालय च्यासल पुगेको बताएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस