राष्ट्रिय क्रिकेट टिमका खेलाडीको जीवन बीमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रिय क्रिकेट टिमका खेलाडीको जीवन बीमा


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको म्यादी जीवन बीमा गरिएको छ। खेलाडीहरूको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमा गरेको हो।

नेपाल क्रिकेट सङ्घ (क्यान) का मेडिकल संयोजक डा. अभिषेकराज सिंह र रिलायबल इन्स्योरेन्सका वरिष्ठ सहायक महाप्रबन्धक दीपेशबाबु तिवारीबीच म्यादी जीवन बीमाको सम्झौतापत्र समेत आदान प्रदान भएको छ। 

क्यानका अनुसार २३ जना खेलाडीको ६ लाख रुपैयाँ बराबरको एक वर्षको लागि बीमा गरिएको हो। दोस्रो चरणमा अफिसियलको पनि बीमा गराउनेका लागि कुरा भइरहेको छ। 

क्यानको मेडिकल संयोजक नियुक्त भएपछि डा. अभिषेकराज सिंहले खेलाडीको जीवन बीमाका लागि पहल गरेका थिए। 

यसअघि सिंहकै पहलमा खेलाडी तथा अफिसियलको समग्र स्वास्थ्य परीक्षण, डेक्सा तथा मुटुको नि:शुल्क परीक्षण भएको थियो। परीक्षण सिभिल, सशस्त्र प्रहरी र गङ्गालाल अस्पतालमा भएका थिए।

 हाल नेपाली राष्ट्रिय क्रिकेट टिम आइसिसी विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि दक्षिण अफ्रिकामा छ। दक्षिण अफ्रिकामा दश दिन तयारी गरेपछि नेपाली टिम प्रतियोगिता खेल्न जिम्बावे जाने कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस