ठगी आरोपमा गुर्जुधाराबाट एक महिला पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

ठगी आरोपमा गुर्जुधाराबाट एक महिला पक्राउ


२१ जेष्ठ २०८०, आइतबार


पक्राउ

काठमाडौँ । ठगी आरोपमा चन्द्रागिरिबाट एक महिला पक्राउ परेकी छिन् । ललितपुर प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधाराबाट ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा राधिका चौलागाईं श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनले विभिन्न मितिमा विभिन्न व्यक्तिहरूलाई ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस