रास्वपाले गर्‍यो नागरिकता विधेयकको विरोध, यो रवैया स्वीकार नगर्ने भन्दै दियो चेतावनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रास्वपाले गर्‍यो नागरिकता विधेयकको विरोध, यो रवैया स्वीकार नगर्ने भन्दै दियो चेतावनी


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । रास्वपाले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विरोध गरेको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सदनमा आएको बेतिथिको भारी आफूहरूले बोक्न नसक्ने बताउँदै सरकारको गलत कामलाई समर्थन नगर्ने बताएका हुन् ।

उनले भने, ‘संसदमा आएको बेथितिविरुद्ध आएको रास्वपाले यो कर्मको भारी बोक्ने छैनौँ। हाम्रो यसमा समर्थन छैन। यो राजनीतिक, नेपालको सुरक्षासँग जोडिएको विषय हो। यो मानव अधिकार र भूराजनीतिसँग जोडिएको विषय हो। यो गम्भीर विषयमा संसद विशेष समयमा छ। संसदमा हामीलाई खास काम छ भनेर बोल्न दिइरहने अनि सरकार लुसुलुसू आफ्नो काम गर्ने ? यो रवैयालाई अब रास्वपाले स्वीकार गर्दैन। सरकारले यो रोकोस् । यो गलत विधि सुधार हुँदैन भनेर रास्वपा टुलुटुलु हेरेर बस्दैन। हामी सरकारसँग जवाफ चाहन्छौँ । ’

Tags :
प्रतिक्रिया दिनुहोस