शरणार्थी प्रकरणमा थुनछेक बहस गर्न छुट्याइयो समय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शरणार्थी प्रकरणमा थुनछेक बहस गर्न छुट्याइयो समय


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरण बहस गर्न समय छुट्याउने समझदारी भएको छ। 

आइतबार यस प्रकरणको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ। थुनछेक बहस गर्नुअघि भएको छलफलमा न्यायाधीश न्यौपानेले समय छुट्याउने समझदारी गरेका हुन्। 

सरकारी वकिलहरूले तीन दिन बहस गर्ने समझदारी भएको हो। आइतबार, सोमबार र मंगलबारसम्म सरकारी वकिलले बहस गर्नेछन्। 

अर्को मंगलबारसम्म प्रतिवादीका पक्षका वकिलहरूले बहस गर्ने भएको हो। यद्यपि बहस लम्बिन पनि सक्नेछ। 

दुवै पक्षको बहस सकेपछि भने बुधबार सरकारी वकिलले जवाफी बहस गर्न सहमति भएको छ। त्यसपछि इजलासले प्रतिवादीहरूलाई पुर्पक्षको लागि पठाउने/नपठाउने निर्णय गर्नेछ। 

सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता महेश थापा, जनकप्रसाद घिमिरे, सीताराम अर्याल, सहायक जिल्ला न्यायाधिवक्ता प्रकाश घिमिरे, हिरालाल भोलन, सूरबहादुर परियार र दिनेश भट्टराईले बहस गर्न सक्ने सम्भावना छ। 

यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस