नेकपा एसका महासचिव घनश्याम भुसाललाई पितृ शोक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा एसका महासचिव घनश्याम भुसाललाई पितृ शोक


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृ शोक परेको छ ।

उनका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो ।

उच्च रक्तचाप, श्वासप्रश्वास, मधुमेहलगायत रोगबाट पीडित भुसाल केही सातादेखि उपचारका क्रममा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

तिलोत्तमा नगरपालिका–९ स्थित निवासमै निधन भएका भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस