मलेसियाद्वारा नेपाललाई ११० रनको लक्ष्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मलेसियाद्वारा नेपाललाई ११० रनको लक्ष्य


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । पाँच खेलको महिला टी-२० आई शृङ्खलाअन्तर्गत अन्तिम खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ ।

घरेलु टोली मलेसियालाई निर्धारित पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १०९ रन बनाएको हो ।

मलेसियाका लागि वान जुलियाले ४७, विनिफ्रेड डुराइसिंगमले २४, महिराह इज्जाती इस्माइलले २० रन, ऐना हशिमले ६ रन बनाइन् ।

बलिङतर्फ नेपालकी कविता जोशीले २ र ईश्वरी विष्टले एक विकेट लिइन् । यसअघि भएका चार खेलमा नेपाल र मलेसियाले शृङ्खला २/२ को बराबरी गरेका छन् । आजको खेल जित्नेले शृङ्खला जित्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस