गर्मी बढेपछि एक साता विद्यालय बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गर्मी बढेपछि एक साता विद्यालय बन्द


२१ जेष्ठ २०८०, आइतबार


सिन्धुली । केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ ।

गर्मीका कारण पठन-पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो ।

नगरप्रमुख दिनेश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एक हप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए ।

हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस