भोलिदेखि बजेटमाथि छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भोलिदेखि बजेटमाथि छलफल


२० जेष्ठ २०८०, शनिबार


काठमाडौँ । भोलि (आइतबार)देखि संसदमा सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमै बैठक बस्नेछ ।

प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । दोस्रो अधिवेशनको १७औँ बैठक बस्न लागेको हो ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।

Tags :
प्रतिक्रिया दिनुहोस