राष्ट्रिय रिङ रेस्लिङ आज « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रिय रिङ रेस्लिङ आज


२० जेष्ठ २०८०, शनिबार


काठमाडौँ । नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज हुने भएको छ ।

प्रतियोगितामा विभिन्न पाँच प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए । जसमा हेभीवेट विजेताले रु एक लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले एक लाख २५ हजार, हार्डकोर म्याच विजेताले रु एक लाख, फिमेल म्याच विजेताले रु ८० हजार र लाइट वेट विजेताले रु ६५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिष्पर्धाका लागि नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुपी ग्याङ, एक्स हिरो, सुजल, सीजे वल्र्ड, आकृति, तनु र कम्ब्याट कर्मा रिङमा उत्रने छन् ।

सञ्जय महर्जन र राकेश विकले निर्णायकको भूमिका निर्वाह गर्ने छन् भने कार्यक्रम प्रस्तोतामा जीवन तामाङ रहनेछन् । प्रवेश निःशुल्क रहेको एक दिने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस