ए डिभिजन लिग : आज तीन खेल हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ए डिभिजन लिग : आज तीन खेल हुँदै


२० जेष्ठ २०८०, शनिबार


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछ।

च्यासल खेल मैदानमा दिउँसो ३ बजे हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब आमनेसमाने हुनेछन्।

२३ खेलमा ३० अङ्क जोडेर छैटौँ स्थानमा रहेको आर्मी आज आठौँ जितको योजनामा छ । २३ खेलमा २९ अङ्क जोडेर नवौं स्थानमा रहेको सातदोबाटो नवौँ जितको खोजीमा छ ।

यस्तैगरी दशरथ रंगशालामा दिउँसो ३ बजे नै हुने पहिलो खेलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

२३ खेलमा २७ अङ्क जोडेर ११ औँ स्थानमा रहेको थ्री स्टार सातौँ जितको खोजीमा छ। २३ खेलमा २९ जोडेर आठौँ स्थानमा रहेको एपीएफ नवौँ जित निकाल्ने योजनामा छ।

साँझ ६ बजे दशरथ रंगशालामा नै हुने अर्को खेलमा चर्च ब्वाइज युनाइटेड र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

२३ खेलमा ४१ अङ्क जोडेर शीर्ष स्थानमा रहेको चर्च ब्वाइज १२ औँ जितको योजनामा छ। २३ खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा रहेको जावलाखेल ११ औं जितको खोजीमा हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस