अन्तर्राष्ट्रिय वन कुकुर सम्मेलनका लागी १३ देशका ४१ अनुसन्धानकर्ता नेपालमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अन्तर्राष्ट्रिय वन कुकुर सम्मेलनका लागी १३ देशका ४१ अनुसन्धानकर्ता नेपालमा


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ। दोस्रो अन्तर्राष्ट्रिय वन कुकुर सम्मेलन नेपालमा सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज परिसरमा सुरु भएको सम्मेलनमा १३ देशका ४१ जना अनुसन्धानकर्ता छन् ।

अङ्ग्रेजीमा एसियाटिक वाइल्ड डग (ढोल) भनेर समेत चिनिने वन कुकुर नेपालमा करिब २ सयको संख्यामा रहेको अनुमान छन् । वन कुकुरमा नेपालसहित दक्षिण एसियाली मुलुकहरू भारत, चीन, भुटान, बङ्गलादेश, चीनसहित इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, म्यानमारसहित पूर्वी एसियाली मुलुकहरूमा पनि पाइएको छ ।

७ दिनसम्म चल्ने यो सम्मेलनमा वन कुकुर पाइने मुलुकहरूका अनुसन्धानकर्तारहरूले वर्तमान अवस्थाबारे प्रस्तुति दिनेछन् । आईयूसीएनको दुर्लभ वन्यजन्तुको सूचीमा रहेको यो मांसाहारी जीवको सम्मेलन पुनः विश्वव्यापी अवस्थाको अध्ययन गरेर निष्कर्ष निकाल्ने जनाइएको छ । 

कोरोना संक्रमणअघि थाइल्यान्डमा भएको पहिलो सम्मेलनले वन कुकुरको विश्वव्यापी अवस्थाको अध्ययनमा सक्रिय भएर ढोल पाउने मुलुकहरूमा रहेका अनुसन्धानकर्ताहरूलाई गोलबद्ध गर्ने निर्णय गरेको थियो । हाल आईयूसीएनको ढोल विशेषज्ञ समूहमा १६ जना मात्रै सदस्य रहेका छन् । यो सम्मेलनले ढोल पाइने सबै मुलुकबाट विशेषज्ञ सदस्य समेत छनोट गरेर प्रतिनिधि तोक्ने तयारी गरेको छ ।

सम्मेलनमा मानव र वन कुकुरको द्वन्द्वको विश्वव्यापी अवस्थाको बारेमा छलफल गरेर निष्कर्ष निकाल्ने र संरक्षणका लागि भावी कार्य योजना निर्माण गर्ने रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस