नेपालमा धेरै जनसङ्ख्या भएको जाति क्षेत्री र कम नुराङ (विवरणसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालमा धेरै जनसङ्ख्या भएको जाति क्षेत्री र कम नुराङ (विवरणसहित)


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नेपालमा सबैभन्दा धेरै क्षेत्री जातिको जनसङ्ख्या रहेको राष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको जातजाति, भाषा र धर्मसम्बन्धी विवरणले दोस्रोमा पहाडी ब्राह्मणको जनसङ्ख्याको मानिस बसोबास गर्ने औँल्याएको छ ।

कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को १६।४५ प्रतिशत अर्थात् ४७ लाख ९६ हजार ९९५ जना क्षेत्री छन् ।

त्यस्तै, पहाडी ब्राह्मणको जनसङ्ख्या ११।२९ छ भने तेस्रो नम्बरमा मगर ६।९, चौथो नम्बरमा थारु जातिको जनसङ्ख्या ६।२ प्रतिशत जनसङ्ख्या रहेको कार्यालयको विवरणमा उल्लेख छ ।

त्यस्तै, ११ जातिको संख्या एक हजार भन्दा कम रहेको विवरणमा देखिएको छ । जसअनुसार नुराङ जातिको जनसङ्ख्या देशभर ३६ जना मात्रै रहेको छ । कार्यालयको अन्तिम तथ्याङ्कमा ११ जातिहरू नुराङ, बनकरिया, कुसुण्डा, सुरेल, ल्होमी, वालुङ, राउटे, तोप्केगोला, फ्री र कलार जातिहरूको देशभरमा जनसङ्ख्या एक हजारभन्दा कम रहेको छ ।

विवरण :

Tags :
प्रतिक्रिया दिनुहोस