एमाले नेताहरूको जिम्मेवारी हेरफेर, संसदीय मामिला प्रमुखमा पृथ्वीसुब्बा  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले नेताहरूको जिम्मेवारी हेरफेर, संसदीय मामिला प्रमुखमा पृथ्वीसुब्बा 


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ। नेकपा एमालेले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई संसदीय मामिला विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

नेताहरूको कार्य विभाजन हेरफेर गर्ने क्रममा उपमहासचिव गुरुङलाई प्रचार विभाग प्रमुखबाट हटाएर संसदीय मामिलाको जिम्मेवारी दिइएको छ ।

प्रचार प्रभाग प्रमुखको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ। यसअघि सङ्गठन विभाग प्रमुख रहेका खगराज अधिकारीको पनि जिम्मेवारी फेरिएको छ।

अधिकारीलाई सहरी विकास विभाग दिएर सङ्गठन विभाग प्रमुखमा काशीनाथ अधिकारी ल्याइएको छ ।

शुक्रबारको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गर्दा सबै उपाध्यक्ष र सचिवहरूको जिम्मेवारी फेरिएको छ। त्यसबाहेक अरु पदाधिकारीको भने जिम्मेवारी यथावत राखिएको छ ।

स्थायी कमिटी र पोलिटब्यूरो सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ भने केन्द्रीय सदस्यहरूलाई पालिकाको जिम्मेवारी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस