पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय बनाउने प्रक्रिया सुरु  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय बनाउने प्रक्रिया सुरु 


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण प्रक्रिया थालेको छ।

सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि सम्याति इलेक्ट्रो व्हिल्स प्रालिसँग सम्झौता गरिएको उपमहानगरले जनाएको छ । 

उपमहानगरका अनुसार पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गरिने  र विस्तृत अनुसन्धान गरिनेछ । 

सरकारले मर्मत गरेर पनि उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनहरू लागत प्रभावीको आधारमा विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो। त्यही व्यवस्थाअनुरूप पहिलो चरणमा अनुसन्धान थालेको इटहरी उपमहानगरको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस