भारतीय दूतावास अगाडि प्रदर्शन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतीय दूतावास अगाडि प्रदर्शन


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले लैनचौरस्थित भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको छ।

भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्सा राखिएको भन्दै विरोधमा सो सङ्गठनले शुक्रबार प्रदर्शन गरेको हो।

भारतले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै प्रदर्शनकारीले भारतविरुद्ध चर्का नाराबाजी लगाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस