माओवादी रिटर्नी सेन्टरको भेला जान ५० जिल्लाबाट नाम सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

माओवादी रिटर्नी सेन्टरको भेला जान ५० जिल्लाबाट नाम सिफारिस


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलामा सहभागी हुन ५० जिल्लाबाट नाम सिफारिस भएको छ । हरेक स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी ५० जिल्लाबाट नाम सिफारिस भएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएर फर्किएकालाई सङ्गठित गर्ने उद्देश्यले माओवादीले रिटर्नी सेन्टर नेपाल भातृ सङ्गठन बनाएर सङ्गठित गर्न लागेको हो ।

आगामी जेठ २६ गते काठमाडौँमा गरिने राष्ट्रिय भेला सहभागी हुन ५० जिल्लाबाट नामावली सिफारिस भई सकेको रिटर्नी सेन्टरका एक नेताले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस