नागरिकता विधेयक भारत भ्रमणकै दिन प्रमाणीकरण हुनु संयोगमात्रै : प्रधानमन्त्री « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नागरिकता विधेयक भारत भ्रमणकै दिन प्रमाणीकरण हुनु संयोगमात्रै : प्रधानमन्त्री


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक भारत भ्रमणकै दिन प्रमाणीकरण हुनु संयोगमात्रै भएको बताएका छन् । आफ्नो भारत भ्रमणलाई नागरिकता विधेयकसँग जोडेर हेर्न नमिल्ने उनको तर्क छ ।

नयाँदिल्लीमा पत्रकारसँगको कुराकानीको क्रममा उनले भने, ‘मैले पहिले नै राष्ट्रपतिजीले प्रमाणीकरण गर्नुपर्छ भन्ने खोजेकै थिएँ । राष्ट्रपतिले सल्लाह गर्दैगर्दै जाँदा त्यही दिन पर्न आयो । म पहिला नै प्रमाणीकरण होस् भन्ने पक्षमा थिएँ ।’

भारत भ्रमणसँग नजोडियोस् भन्ने आफ्नो पहिल्यैदेखि चाहना भएको प्रस्ट्याए । राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रधानमन्त्रीको भारत भ्रमणकै दिन प्रमाणीकरण गरेपछि चौतर्फी आलोचना भइरहेको छ ।

भारत भ्रमणको पूर्वसन्ध्यामा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि त्यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नागरिकता विधेयकमाथि भारतले पहिल्यैदेखि चासो राख्दै आइरहेको थियो । कतिपय कानूनविद्हरूले पनि विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदमलाई गैरसंवैधानिक भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस