नेकपा एसको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपा एसको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादीले आर्थिक वर्ष) २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

पार्टी गठनपछि आव २०७८/७९ को आम्दानी र खर्चको विवरण को सार्वजनिक भएको हो ।

पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण गरी सार्वजनिकीकरण गरेको हो । सो आवमा पार्टीको कूल आम्दानी सात करोड १५ लाख ९० हजार तीन सय ७७ र कूल खर्च ६ करोड पाँच लाख २९ हजार पाँच सय २९ रहेको छ । यस्तै, एक करोड १० लाख ६० हजार आठ सय ४८ बचत रहेको पार्टीका पोलिटब्यूरो सदस्य तथा आर्थिक विभागका प्रमुख सोमप्रसाद पाण्डेले बताए ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्यवस्थाबमोजिम पार्टीले डी डी अधिकारी एन्ड एसोसिएटमार्फत लेखापरीक्षण गरी निर्वाचन आयोगमा बुझाएको हिसाबलाई सार्वजनिक गरिएको पार्टीको लेखाप्रमुख खेमराज पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस