स्वीडेनमा चक्कु प्रहारबाट चार विद्यार्थी घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वीडेनमा चक्कु प्रहारबाट चार विद्यार्थी घाइते


१९ जेष्ठ २०८०, शुक्रबार


स्टकहोम । स्वीडेनको एस्किलस्टुना सहरमा बिहीबार खेलकुद दिवसको समयमा भएको चक्कु आक्रमणमा चार बालबालिका घाइते भएका छन् ।

खाजाको समयमा झगडाको खबर आएपछि खेलकुद परिसरमा प्रहरी टोलीहरू पठाइएको थियो ।

एक प्रत्यक्षदर्शीले बताएअनुसार घटनामा लगभग २० व्यक्तिको दुई समूह रहेको र ती समूहका कम्तीमा दुई युवाहरूलाई चक्कुले चोट लागेको देखिएको थियो ।

प्रहरीले कम्तीमा एउटा हतियार प्रयोग भएको पुष्टि गरेको छ, तर घाइतेहरूको पहिचान र उनीहरूको चोटको प्रकृति खुलाएको छैन ।

राजधानी स्टकहोमबाट करिब ८८ किलोमिटर पश्चिममा रहेको एस्किलस्टुनामा रहेको विद्यालयका प्रधानाध्यापकले उनीहरू सबै कक्षा ९ का विद्यार्थी भएको र चारैजनालाई चक्कुले चोट लागेको दागेन्स न्याहेटर(डीएन) अखबारलाई बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस