एमाले सचिवालय बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमाले सचिवालय बैठक बस्दै


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । 

पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान साँढे ११ बजेबाट सुरु हुनेछ ।

सो बैठकमार्फत वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइने तथा केन्द्रिय सदस्यहरूको कार्यविभाजनका गरिने छ ।

गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रिय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस