राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित गरेको छ। दश वटा ए डिभिजन क्लबले खेलाडी रिलिज गर्ने विषयमा असन्तुष्टि जनाएसँगै राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित भएको हो। 

नेपाली टिमले आगामी महिना साफ च्याम्पियनसिप खेल्दैछ। त्यसअघि फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।

नेपालले जेठ ३२ गते फिलिपिन्ससँग मैत्रीपूर्ण खेल्दा असार ६ देखि भारतमा हुने साफ च्याम्पियनसिपमा भाग लिनेछ। 

त्यसका लागि  प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका थिए। टिम घोषणा गरेसँगै अभ्यासका लागि खेलाडीलाई साँझको बेला बोलाइएको थियो। 

भारतमा असार ६ गतेदेखि हुने च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालले आयोजक भारत, कुवेत र पाकिस्तानसँग खेल्नेछ। अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन्

तर १० ए डिभिजन क्लबले लिगको खेल चलिरहेको अवस्थामा  साँझको लागि खेलाडीलाई प्रशिक्षणमा बोलाएको भन्दै लिग समाप्त भएपछि मात्र राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पठाउने पनि १० क्लबले निर्णय गरेका थिए।  ए डिभिजन लिग जेठ २७ सकिनेछ।

राष्ट्रिय टिमको प्रशिक्षण स्थगित गर्ने निर्णयसँगै फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेल र साफको तयारीमा प्रत्यक्ष असर पर्ने भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस