प्रधानमन्त्री दाहालले भोलि महाकालेश्वरमा पूजाअर्चना गर्ने, सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री दाहालले भोलि महाकालेश्वरमा पूजाअर्चना गर्ने, सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (शुक्रबार) उज्जैन जाँदैछन् । 

प्रधानमन्त्री प्रचण्ड भोलि बिहान ११ बजे उज्जैनस्थित महाकालेश्वर मन्दिर पुग्ने जानकारी दिइएको छ । प्रधानमन्त्रीले १२ ज्योतिर्लिंगमध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पुजाअर्चना गर्नेछन् । 

काठमाडौँबाट लगिएको १०८ किलो विशिष्ट प्रकारको रुद्राक्षले महाकालेश्वर महादेशको पूजाअर्चना गर्ने कार्यक्रम रहेको जनाईएको छ । 

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घण्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको छ ।

यसक्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारी मात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मध्य प्रदेशस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस