अत्यधिक गर्मी बढेपछि बन्द हुँदै विद्यालय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अत्यधिक गर्मी बढेपछि बन्द हुँदै विद्यालय


१८ जेष्ठ २०८०, बिहिबार


School

काठमाडौँ । अत्यधिक गर्मी बढेपछि विद्यालयहरू बन्द हुन थालेका छन् । गर्मीले बालबालिकालाई स्वास्थ्यमा पर्न सक्ने सम्भावित प्रतिकुल असरलाई मध्यनजर गर्दै मधेस प्रदेशका स्थानीय तहहरूले विद्यालय बन्दको निर्णय गर्न थालेका छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका, सिरहाको लाहान नगरपालिका र सप्तरीको राजविराज नगरपालिकाले सूचना जारी गर्दै गर्मीको कारण केही दिनका लागि विद्यालय बन्द गरेको जनाएका छन् ।

जनकपुरधाम उपमहानगरले शुक्रबारदेखि २६ जेठसम्म विद्यालय बन्द गर्ने जनाएको छ । सिरहाको लहान नगरपालिकाले पनि शुक्रबारदेखि २६ जेठसम्म विद्यालय बन्द गरेको छ ।

यस्तै सप्तरीको राजविराज नगरपालिकाले अत्यधिक गर्मीको कारण पाँच दिनका लागि विद्यालयहरू बन्दको घोषणा गरेको छ।

भोलि जेठ १९ गतेदेखि २३ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनाले जारी गरेको सूचनामा उल्लेख छ ।

तीन दिनयता मधेशमा २८ देखि ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। गर्मीले पठनपाठनमा समस्या हुन थालेपछि पालिकाहरूले धमाधम सूचना जारी गर्दै विद्यालय बन्द गर्न थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस