पाठ्यक्रम तयार गरेर तीन तहको स्कुल चलाउँदै एमाले  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पाठ्यक्रम तयार गरेर तीन तहको स्कुल चलाउँदै एमाले 


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले पार्टीका नेता तथा कार्यकर्ताका लागि तीन तहको स्कुल चलाउने भएको छ । यसअघि विभिन्न रूपमा प्रशिक्षण सञ्चालन भए पनि केन्द्रीय तहबाट नै कक्षा सञ्चालन गर्ने तयारी भएको हो । 

पार्टीको केन्द्रीय स्कुल विभागले आधारभूत, माध्यामिक र उच्च गरी तीन तहको पाठ्यक्रम तयार गरेको छ । 

गएको वैशाख २८-३० गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकले पार्टीको प्रशिक्षणलाई वैचारिक र राजनीतिक प्रशिक्षणलाई योजनाबद्ध रूपमा अघि बढाउने निर्णय गरेको थियो । 

त्यस्तै, केन्द्रीय स्कुल विभागलाई पाठ्यक्रम, पाठ्यसामग्री र प्रशिक्षक तयार पार्न जिम्मेवारी तोकेको थियो । 

पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार अब नियमित रूपमा प्रशिक्षण हुने छ ।

स्कुल चलाउने जिम्मेवारी पार्टी स्कुल विभागको हो । पार्टीको दशौँ केन्द्रीय महाधिवेशनपछि विभाग प्रमुखको जिम्मेवारीमा उपमहासचिव प्रदीप कुमार ज्ञवाली छन् ।

स्कुल विभागले विभिन्न ढङ्गमा प्रशिक्षण दिँदै आएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस