तलब वृद्धि नगरे कडा आन्दोलन गर्ने चेतावनी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तलब वृद्धि नगरे कडा आन्दोलन गर्ने चेतावनी


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ। सरकारले प्रतिबद्धता गरे अनुसार बाल कक्षाका शिक्षक तथा विद्यालय कर्मचारीको तलब वृद्धि नगरे कडा आन्दोलन गर्ने शिक्षक महासङ्घले चेतावनी दिएको छ।

सरकारले पटक पटक प्रतिबद्धता गरेको र नीति तथा कार्यक्रममा उल्लेख गरेको भएपनि बजेटबाट सम्बोधन नभएको भन्दै महासङ्घले विज्ञप्ति जारी गरेर कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

महासङ्घले विज्ञप्ति मार्फत बजेटमा संशोधन गरी बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको उचित तलब वृद्धिको प्रबन्ध गर्न तथा बजेट सम्बन्धित शिक्षक कर्मचारीका अन्य मागमुद्धा सम्बोधन गर्न माग गरेको छ।

सरकारले प्रतिबद्धता गरे अनुसार बजेटमा सम्बोधन नगरेर आन्दोलनतर्फ धकेल्न चाहेको समेत आरोप लगाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस