वायु सेवा निगमका एक कर्मचारीको सरुवा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वायु सेवा निगमका एक कर्मचारीको सरुवा


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगमका कर्मचारीलाई सरुवा गरेका छन् ।

गत जेठ १७ गते बोर्डिङ पास भइसकेका कर्मचारीलाई सिस्टममा नाम नभएको भन्दै घर फर्काएका विमानस्थल युनिट इन्चार्ज गगनबहादुर चन्दलाई सोधपुछ गरेपछि चित्त बुझ्दो जवाफ नआएको भन्दै मन्त्री किराँतीले कारबाही स्वरूप उनलाई काठमाडौँबाट ताप्लेजुङ विमानस्थलमा सरुवा गरेका हुन् ।

मन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत चन्दलाई ताप्लेजुङ सरुवा गरी थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘जेठ १७ काठमाडौँबाट ताप्लेजुङ उडानका लागि नेपाल वायुसेवा निगमको टिकट काटी बोर्डिङ पाससमेत लिएर विमानस्थलभित्र जहाजको ढोकामा पुगेका वृद्ध ठाकुरसिंह भण्डारीलाई विमानस्थलबाट सिस्टममा नाम नभएको भनी घर फर्काइएको घटनापछि यस बारेमा गुनासो आएकोले निगमका सम्बन्धित कर्मचारी गगनबहादुर चन्द युनिट इन्चार्जलाई सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ नआएको हुँदा निजलाई कारबाही स्वरूप काठमाडौँबाट ताप्लेजुङ विमानस्थलमा सरुवा गरी थप अनुसन्धान जारी छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस